Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रौतहटमा जन्ती बोकेको कार दुर्घटना: पाँच जनाको मृत्यु, तीन घाइते

काठमाडौं । रौतहटमा जन्ती बोकेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा पाँच जनाको मृत्‍यु भएको छ । साथै तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको कार दुर्घटना हुँदा पाँच जनाको मृत्‍यु भएको हो।

प्रहरीका अनुसार मृतको पहिचान खुल्‍न सकेको छैन । कारमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077