Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

माओवादी नेता वर्षमानको स्वास्थ्यमा सुधार, चिनियाँ उपमन्त्रीसँग छलफल

काठमाडौँ । चीनको सेनजेनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

बंगाणुगत  जण्डिस रोगका कारण सेनजेनमा उपचार गराइरहेका पुनले चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री चेन झाओबीच भेटवार्ता गरेका छन् ।

उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्व सभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागि भएकी थिइन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्धी, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल गरेको  सचिवालयले बताएको छ।

बैंककमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि पुन चीन पुगेका थिए । उपचार जारी रहेकै कारण उनी पार्टीको महाधिवेशनमा पनि सहभागी छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077