Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अश्लीलता फैल्याएको आरोपमा युटुबर पक्राउ

काठमाडौं । प्रहरीको साइबर ब्युरोले अश्लिलता फैल्याएको आरोपमा एक युटुबर (युटुब संचालक)लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङको निसीखोला गाउँपालिका-१ पाखापानी घर भई काठमाडौंको अनामनगरमा बस्ने साथीभाइ अनलाइन टिभिका सञ्चालक राम बहादुर मल्ल रहेका छन्।

ब्युरोका अनुसार उनले युट्युबमा अश्लिल शिर्षक भिडियोमार्फत समाजमा अश्लिलता फैल्याएका थिए ।

आफूलाई रामु विरही मल्ल बताउने मल्ललाई जिल्ला अदालत काठमाडौंको अनुमतिको आधारमा पक्राउ गरिएको ब्युरोको भनाइ छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077