Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

माओवादी राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन उपस्थित नहुने

काठमाडौँ। नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान  पुन उपस्थित नहुने भएका छन् ।

लामो समयदेखि जन्डिस बिग्रिएर उपचाररत पुन उपस्थित नहुने भएका हुन्  थाइल्याण्डमा उपचार गराइरहेका नेता पुनको स्वास्थ्यमा सुधार नभएपछि केहि साता अघि उनलाई  चीन लागिएको थियो ।

केहि हदसम्म स्वास्थ्यमा सुधार भएपनि डाक्टरहरुले उनलाई थप केही दिन अस्पतालमा बस्न सुझाव दिएपछि उनी चीनमा नै रोकिएका हुन् ।

 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार फोन गरेर पुनलाई स्वास्थ्यको ख्याल गर्न र आराम गर्न सुझाव दिएका छन् ।  उनले महाधिवेशन पूर्णरूपमा सफल हुने जनाऊदै पुनलाई स्वास्थ्यलाभ गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077