Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एनआईसीको डलर कार्ड लिंदा फाइदै फाइदा

    एनआईसीको डलर कार्ड लिंदा फाइदै फाइदा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । एकै पटक आफ्ना कर्मचारीहरुको तलब र सुविधाहरु ४० प्रतिशतसम्मको बृद्धि गरेर उदाहरणीय काम गरेको एनआइसी एशिया बैंकले विभिन्न सुविधासहितको प्रिपेड डलर कार्ड वितरण गरिरहेको छ ।

    विभिन्न विशेषता भएका डलर कार्डमा पहिलो पटक निःशुल्क पैसा लोड गर्न सकिने बैंकले जनाएको छ । उक्त कार्डमार्फत वर्षभरिमा एक पटक वा पटक–पटक गरी ५०० अमेरिकी डलर बराबरको कारोबार गर्न सकिन्छ ।



    तीनसय ५० रुपैयाँ आवेदन शुल्क लिएर कार्ड प्रदान गरिरहेको बैंकले डलर कार्डबाट कारोबार गर्दा अतिरिक्त शुल्क नलाग्ने जनाएको छ ।
    डलर कार्ड लिन एनआईसी एशिया बैंकमा खाता हुनुपर्ने र खाता भएकाहरुको केवाईसी अपडेट भएको हुनुपर्ने बैंकले जनाएको छ ।



    त्यसैगरी डलर कार्ड लिनका लागि प्यान कार्ड भने अनिवार्य चाहिन्छ ।

    यसअघि बैंकले बचत खातामा समेत मुद्दति निक्षेप बराबरकै ब्याजदर दिने गरी ‘सर्वश्रेष्ठ बचत खाता’ योजना ल्याएको थियो ।

    सर्वश्रेष्ठ बचत खातामा बैंकले विभिन्न सेवाहरूलाई पाँच वष सम्म निशुल्क दिने घोषणा गरेको छ । उसले डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा यस्तो सेवा दिएको हो । सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले डेबिट कार्ड पाँच वर्ष सम्म निशुल्क प्रयोग गर्न पाउँछन् । त्यस्तै सूचना प्रविधिको प्रयोग बढेसँगै मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गको प्रयोग बढ्दो छ ।मोबाइलबाट धेरै सेवादिन सकिने भएपछि बैंकहरूले पनि मोबाइल बैंकिङ्गलाई प्राथमिकतमा राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार