Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित (सूचनासहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ ।

मन्त्रालयका अनुसार आगामी निर्वाचनलाई ध्यानमा राख्दै कर्मचारीहरुको सरुवा स्थगित गरिएको हो।

बुधबार मन्त्रालयका अधिकृत रविन्द्र प्रसाद पौड्यालले जारी गरेको सूचनामा लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

यसअघि मन्त्रालयले आवश्यकता र प्राथमिकताका आधारमा अर्को व्यवस्था नभएसम्मका लागि स्थायी नियुक्त कर्मचारीहरुलाई कामकाजमा खटाउँदै आएको थियो ।

यस्तो छ मन्त्रालयले जारी गरेको सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077