Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिश्रलाई पाण्डेको १५ पन्ने स्पष्टीकरण जवाफ– सरी, राजतन्त्र मान्न सकिँदैन (पूर्णपाठ)

काठमाडौँ । विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई सम्बोधन गर्दै १५ पृष्ठ लामो स्पष्टीकरण सार्वजनिक गरेका छन् ।

सोमबार संयोजक पाण्डेले आफूलाई केही दिनअघि अध्यक्ष मिश्रले स्पष्टीकरण सोधिएको जनाउँदै १५ पृष्ठ लामो स्पष्टीकरण सार्वजनिक गरेका हुन् ।

पाण्डेले मिश्रमाथि जुममार्फत बसेको केन्द्रीय समिति बैठकमा फेक आइडी राखेर बहुमत जुटाएको आरोपसमेत लगाएका छन् ।

‘तपाईंले जुम बैठकमा आएका–नआएका सबैको नाम राखेर निर्वाचन आयोगमा आफूसँग दुई तिहाई छ भनेर गलत दस्तावेज बुझाउँदैमा तपाईंसँग दुई तिहाइ छ भन्न मिल्दैन, मिश्रलाई सम्बोधन गर्दै पाण्डेले भनेका छन्।

पाण्डेले अन्त्यमा लेखेका छन्, ‘सरी रवीन्द्रजी, तपाईंले प्रस्ताव गरेअनुसार राजतन्त्र मान्न सकिँदैन, पञ्चायतलाई स्वीकार्न सकिँदैन । धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सकिँदैन । वैकल्पिक राजनीति र लोकतन्त्रलाई दरबारमा चढाउन सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077