Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एनआईसी एशियाको बचत खातामा पनि मुद्दति निक्षेप बराबरकै ब्याजदर

    एनआईसी एशियाको बचत खातामा पनि मुद्दति निक्षेप बराबरकै ब्याजदर

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौं। एनआईसी एशिया बैंकले बचत खातामा समेत मुद्दति निक्षेप बराबरकै ब्याजदर दिने भएको छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सधैँ आकर्षक फाइदासहितका निक्षेप योजनाहरू ल्याइरहेको बैंकले बचत खातामा रकम राखे पनि मुद्दति निक्षेपबराबरकै फाइदा दिने गरी नेपालमा पहिलोपटक ‘स्विप इन स्विप आउट’ फाइदा योजना ल्याएको जनाएको छ ।

    बचत र मुद्दति खातामा धेरै भिन्नता छ । सबैभन्दा पहिलो कुरो त बचत खातामा पैसा जम्मा गरेको रकम भनेका बेला सहजै निकाल्न सकिन्छ तर, मुद्दति निक्षेपमा तोकिएको समयपछि मात्रै रकम निकाल्न पाइन्छ । त्यसैले बचतमा ब्याजदर कम पाइन्छ भने मुद्दतिमा बचतको भन्दा धेरै ब्याजदर पाइन्छ । अधिकांश बैंकहरूमा यही नियम छ ।



    तर, एनआईसी एशिया बैंकमा भने फरक छ। बैंकले एउटै खातामा तपाइँलाई मुद्दति निक्षेपकै ब्याजदर र बचत खाताको जस्तै पैसा चाहिएको बेला सहज रुपमा निकाल्न र राख्न सक्ने सुविधा दिन्छ।



    एनआईसी एशिया बैंकले ग्राहकको चाहानलाई पूरा गर्नका लागि सर्वश्रेष्ठ बचत खाताको गुडविल एम्बेसडर श्रेणीअन्तर्गत खाता खोल्ने ग्राहकलाई ‘स्विप इन, स्विप आउट’ सुविधा उपलब्ध गराएको हो ।

    स्विप इन–स्विप आउट भनेको बचत खाता र मुद्दति खाता दुवैको गुणहरू समाहित गरेको एक उच्चतम फाइदा हुने सर्वोत्कृष्ट सुविधा हो । जसमा तपाइले बचत खाताको जस्तै इच्छाइएको समयमा बैंकबाट आफ्नो रकम निकाल्न पनि सक्नुहुन्छ र खातामा जम्मा भइरहँदा मुद्दति निक्षेपको उच्च ब्याजदर पाइनेछ ।

    यो सुविधा अनुसार वचतकर्ताले बचत र मुद्दति निक्षेप दुवैको सुविधा एकै खातामा पाउन सक्ने बैंकले जनाएको छ । यो योजना बैंकले गुडबिल एम्बासडर श्रेणीका ग्राहकरुलाई लक्षित गर्दै ल्याएको हो।

    यो योजना अनुसार २ लाख रुपैयाँभन्दा माथि जति पनि रकम हुन्छ, यो १० हजारको गुणाले हुन आउने रकम ३ महिनाका लागि मुद्दति खातामा स्वतः स्विप इन हुने बैंकलले जनाएको छ ।

    जस्तै ग्राहकले १ करोड रुपैयाँ एनआईसी एशिया बैंकको एम्बेसडर श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेर जम्मा गरेको खण्डमा ९८ लाख रुपैयाँ स्विप इन भएर ३ महिनाका लागि मुद्दति खातामा जान्छ।

    यसरी उक्त रकम तीन महिना पूरै खातामा रहेको खण्डमा मुद्दती निक्षेप खाता बराबरको ब्याज आउने भयो तर तीन महिनाअघि नै तपाइँलाई पैसा निकाल्नुपर्ने भयो भने पनि स्विप आउट गरेर निकाल्न सक्नुहुन्छ र यसमा केही शुल्क लाग्दैन।

    स्विप इन–स्विप आउट सुविधाअन्तर्गत बैंकले सर्वश्रेष्ठ बचत खाता, सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाताको गुडविल एम्बेसडर श्रेणीमा २ लाख रुपैयाँभन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजार रुपैयाँले गुणन गरी तीन महिनाको मुद्दति निक्षेपमा स्वतः रकमान्तर गर्नेछ।

    सो रकममा वार्षिक १०.०५ प्रतिशतको दरले ब्याजदर प्राप्त हुनेछ। यसरी मुद्दति निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकताअनुसार विना झन्झट सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिने बैंकले जनाएको छ ।

    एनआईसी एशिया बैंकले आफ्नो २४औँ वार्षिकोत्सवका अवसरमा सर्वश्रेष्ठ ब्याजदर, सर्वश्रेष्ठ बीमा सुविधा, सर्वश्रेष्ठ कर्जा सुविधा लगायत २४ वटा सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत तथा मुद्दति खाताहरू समेटिएको सर्वश्रेष्ठ बचत तथा मुद्दति खाता ल्याएको हो।

    यस सर्वश्रेष्ठ बचत खातामा ग्राहकहरूलाई बैंक तथा वित्तीय संस्थाहरूमै सर्वाधिक धेरै ब्याजदर सुविधामात्रै नभई बीमातर्फ ३ वटा फाइदाहरू, कर्जातर्फ ३ वटा फाइदाहरू र १८ अन्य अतुलनीय फाइदाहरू गरी कुल २४ वटा सर्वश्रेष्ठ फाइदाहरू समेटिएका छन्।

    बैंकले सर्वश्रेष्ठ बचत तथा मुद्दति खाताहरू गुडविल एम्बेसडर (The NIC ASIA Goodwill Ambassador), प्राइड (The Pride of NIC ASIA Bank) र पार्टनर (The Partner of NIC ASIA Bank) गरी तीन श्रेणीमा ल्याएको छ। पार्टनर श्रेणीमा न्यूनतम मौज्दात रु। २५,०००, प्राइडमा न्यूनतम रु। ५०,००० र गुडविल एम्बेसडर श्रेणीमा न्यूनतम मौज्दात रु। १००,००० बाट खाता खोल्न सकिन्छ।

    यी सबै प्रकारका खातामा ७।०५५ को वार्षिक सर्वाधिक ब्याजदर प्राप्त हुनेछ र खाताका प्रकार अनुसारका विभिन्न २४ फाइदाहरू उपलब्ध हुनेछन्।

    जसमा गुडविल एम्बेसडर श्रेणीको खातामा रु। २१ लाखसम्मको ३ प्रकारका बीमा, कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट तथा पूर्व स्वीकृत कर्जा सुविधाका साथै ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाका साथै निःशुल्क होम बैंकिङ सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएम बाट रकम झिक्दा शुल्क नलाग्ने, एयचतायष्यि ःबलबनझभलत क्भचखष्अभ मा ५०५ छुट, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा सतप्रतिशत छुट सुविधा लगायत १८ वटा अन्य फाइदाहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    यी हुन पाँच वर्षसम्म निःशुल्क पाउने सेवाहरू
    सर्वश्रेष्ठ बचत खातामा बैंकले विभिन्न सेवाहरूलाई पाँच वष सम्म निशुल्क दिने घोषणा गरेको छ । उसले डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा यस्तो सेवा दिएको हो । सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले डेबिट कार्ड पाँच वर्ष सम्म निशुल्क प्रयोग गर्न पाउँछन् । त्यस्तै सूचना प्रविधिको प्रयोग बढेसँगै मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गको प्रयोग बढ्दो छ ।मोबाइलबाट धेरै सेवादिन सकिने भएपछि बैंकहरूले पनि मोबाइल बैंकिङ्गलाई प्राथमिकतमा राखेका छन् ।

    यस बैंकको सर्वश्रेष्ठ खाता अन्तर्गत एम्बासडर श्रेणीमा ग्राहकहरूले मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सेवाको लागि पाँचवर्ष सम्म कुनै पनि शुल्क तिर्नुपर्दैन । एनआई सीले भने एम्बेसडर खाता खोल्ने बित्तिकै पाँच वर्षको लागि यी सुविधाहरू निःशुल्क प्रयोग गर्न सकिने सुविधा ल्याएको छ । त्यस्तै, आरटीजीएस लगायत भुक्तानीमा पनि शुल्क लाग्दैन ।

    एनआई सीले भने एम्बेसडर खाता खोल्ने बित्तिकै पाँच वर्षको लागि यी सुविधाहरू निःशुल्क प्रयोग गर्न सकिने सुविधा ल्याएको छ । त्यस्तै, आरटीजीएस लगायत भुक्तानीमा पनि शुल्क लाग्दैन । क्रेडिट कार्ड आवेदन र जारी शुल्क, सप्लिमेन्टरी कार्ड, प्रिपेड डलर कार्ड, इकमर्श सुचारु गर्न कुनै पनि शुल्क लाग्दैन ।

    एन आई सी एशिया बैंकले भनेआरटीजीएस, आईपीएस, सीआईपीएसको हरेक पटकको कारोबार निःशुल्क उपलब्ध गराएको छ । साथै, चेक क्लियरिङ शुल्क समेत निःशुल्क गरेको छ । डिम्याट र मेरो शेयर प्रयोगमा भने शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

    यसको अर्को निःशुल्क सुविधा भनेको मुलुक भरका कुनै पनि बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्दैन । एनआईसी एशियाका ४७३ एटीएम शाखा र मुलुक भरका सबै बैंकका ४ हजार भन्दा धेरै एटीएम बाट पनि निःशुल्क रुपमा पैसा झिक्न सकिन्छ । ग्राहकले आफ्नो खाता भएको बैंककै एटिएम खोज्दै जान पर्ने झनझटबाट समेत मुक्ति पाईनेछ ।

    त्यस्तै लकरको प्रयोग गर्ने ग्राहकले लकर शुल्क तथा मार्जिनमा १०० प्रतिशत छुट दिइएको छ । एनआई सी एशिया बैंकको लकर शुल्कमा मात्रै शतप्रतिशत छुट होइन लकर मार्जिनमा समेत शतप्रतिशत छुट रहेको छ ।

    शेयर बजारलाई ध्यानमा राखेर एनआई सी क्यापिटलबाट पोर्टफोलियो म्यानेजमेन्टको लागि पहिलो वर्ष ५० प्रतिशत छुट उपलब्ध गराएको छ । त्यस्तै, विदेशीमुद्रा सटहीको दस्तुरमा २५ पैसाशुल्कछुट प्रदान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार