Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जीप दुर्घटनामा ३ जनाको मृत्यु, २० जना घाइते

दाङ । दाङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जीप सिरखोलामा दुर्घटना भएको हो।

सो दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। मृत्यु हुनेहरुमा सल्यानको कपुरकोट गाउँपालिका ४८ बर्षिय प्रेम प्रकाश शर्मा सोही ठाउँकी ४८ बर्षीय साउती घर्ती र २५ बर्षीय लालमति खड्का रहेका छन्।

आज बेलुका ४ बजेतिर तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप सिरखोलामा दुर्घटनामा परेको हो। घाइतेको केहीको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने केहीको नेपालगन्ज रेफर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077