Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भालुको पित्तसहित ४ जना सीआईबीको फन्दामा

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो वस्तुसहित ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पाल्पाका २० बर्षीय विशाल सुनारी, रुकुम पश्चिमका ४६ बर्षीय हरि बहादुर खड्का, पाल्पाकै ३२ बर्षीय टोप बहादुर राना र रौतहटका २९ बर्षीय धन बहादुर विश्वकर्मा रहेका छन्।

सीआईबीका अनुसार काठमाडौँको चमती क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा
खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने ६० ग्रामको १ थान समेत बरामद गरिएको सीआईबीले जनाएको छ।

उनीहरुलाई वरामद वस्तुसहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार पठाएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077