Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

रोहिंग्या शरणार्थीद्वारा फेसबुकविरुद्ध मुद्धा दायर, १५० अर्ब डलरभन्दा धेरै क्षतिपूर्तिको माग

एजेन्सी । बेलायत र अमेरिकामा रहेका रोहिंग्या शरणार्थीहरुले फेसवुकमाथि मुद्दा दायर गरेका छन्।

फेसबुकले रोहिंग्यामाथि घ्रीणा फैलाएको भन्दै उनीहरुले मुद्दा दायर गरेका हुन् । उनीहरुले फेसवुकसँग १५० अर्व अमेरिकी डलरभन्दा धेरै क्षतिपूर्ति माग गरेका छन्।

फेसवुकबाट उत्पिडित अल्पसंख्यक विरुद्धको हिंसा बढाएको उनीहरुको आरोप छ । सन् २०१७ मा म्यानमारको एक सैन्य कारबाहीमा १० हजार रोहिंग्या मुसलमान मारिएको अनुमान छ ।

रोहिंग्याको यो कदमबारे फेसवुकले अहिले नै कुनै जवाफ दिएको छैन । फेसवुकमाथि वर्षौदेखि घ्रीणा फैलाएको र गलत सूचना प्रसार गरेको आरोप लग्दै आएको छ।

बेलायतमा रोहिंग्या शर्णार्थीको मुद्दा लडिरहेको एक ल फर्मले फेसवुकलाई पत्रसमेत लेखेको छ। उक्त पत्रमा फेसवुकको एल्गोरिदमले रोहिंग्या समुदायका विरुद्धमा घ्रीणा फैलाइएको आरोप लगाइएको छ।

फेसवुकले रोहिंग्याविरुद्ध घ्रीणा फैलाउने पोस्ट हटाउन र एकाउन्ट बन्द गर्न नसकेको आरोप लगाइएको छ। बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077