Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सञ्चालन नहुँदै ट्रम्पको नयाँ सामाजिक सञ्जालले कमायो अर्ब डलर

एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ सामाजिक सञ्जालले सञ्चालनमा नआउँदै एक् बलियिन डलर कमाइ गरेको छ।

कम्पनीले लगानीकर्ताबाट करिब १ बिलियन डलर उठाएको हो। दी ट्रम्प मिडिया एण्ड टेक्नोलोजी समूहले ट्रम्पको नयाँ सामाजिक सञ्जाल प्लेटफर्म सार्वजनिक हुनुअघि नै सो रकम उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

विवादस्पद पोष्ट गरेपछि गत जनवरीमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले ट्रम्पको अकाउन्ट बन्द गरेको थियो। त्यसपछि रिसले चुर भएका ट्रम्पले आफ्नै सामाजिक सञ्जाल बनाउने घोषणा गरेका छन्।

ट्रम्प मिडिया एण्ड टेक्नोलोजी समूहले ट्रम्पको नयाँ सामाजिक सञ्जाल प्लेटफर्म चाडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

सञ्जाल शुरु नै नभएका बेला अर्ब डरल कमाएपछि ट्रम्लिे भने, ‘सेन्सरशिप र राजनीतिक भेद्भाव अन्त्य गर्न लगानीकर्ताबाट १ बिलियन डलर उठ्नुले ठूलो टेक कम्पनीहरुलाई महत्वपूर्ण सन्देश दिएको छ।’

ट्रम्पले भेद्भाव कायम राख्ने ठूला टेक कम्पनीलाई आफ्नो कम्पनीले चुनौति दिने बताए। त्यस्तै कम्पनीले राजनीतिक विचारधाराको आधारमा विना भेद्भाव सबैसँग सन्तुलित नजरले हेर्ने उद्घोष उनले गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077