Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनकपुरमा माछा, मासु र मदिरा विक्री वितरणमा रोक

जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुर नगर क्षेत्रभित्र शुक्रबार (आज) देखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको छ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाले एक सूचना जारी गर्दै माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।

विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मंसिर २६ गतेसम्म माछा, मासु र मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण पूर्ण रूपले निषेध गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

आजदेखि जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु हुँदैछ । पहिलो दिन जनकपुर नगर दर्शन गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077