Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटन मन्त्री आलेको निर्देशनमा सुरु भयो विमानस्थलमा निशुल्क बस सेवा, आफैले गरे कोचिएर यात्रा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले यात्रुवाहक माइक्रो बसमा कोचिएर यात्रा गरेका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रमको उद्घाटन गरेका मन्त्री आलेले अरु यात्रुसँगै यात्रा गरेका हुन् ।

बुधबार विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो । विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

विमानस्थलका महाप्रबन्धक भोला गुरागाईंका अनुसार अब हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म माइक्रो बस सित्तैमा सञ्चालन हुनेछन् । तीनले आन्तरिक टर्मिनलदेखि रिङरोडसम्म जोडिएको विमानस्थलको गोल्डन गेटसम्म यात्रुलाई सेवा दिनेछन् ।

हवाई यात्रुले विमानस्थल सेवा प्रयोग गरेबापत २ सय रुपैयाँ सेवा शुल्क अनिवार्य टिकटमै तिरेका हुन्छन् । यो सुविधा यसै अन्तर्गत नि:शुल्क राखिएको उनको भनाइ छ।

यस्तै, विमानस्थलले निशुल्क बस सेवासँगै यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरेको छ । जसअनुसार विश्राम घरमा तातो चिसो पानी, टेलिफोन, टिभी, मोबाइल चार्जर, फ्लाइट डिस्प्ले, वाईफाई र मन्त्रालय/विमानस्थलको हटलाइन नम्बर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077