Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने सुरेन्द्र पाण्डेको घोषणा

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका छन् ।

बिहीबार महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका बादलले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका हुन्।

महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने दाबी समेत गरे ।

शुक्रबारदेखि नारायणी नदी किनारमा सुरू हुन लागेको महाधिवेशनमा नेता पाण्डेके महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

महाधिवेशनमा सहभागी हुन एमाले शीर्ष नेताहरु चितवन आउने क्रम सुरु भइसकेको छ। एमाले अध्यक्ष ओली केहीबेरमा चितवन आउँदै छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077