Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लाखौंको चेक बाउन्स मुद्दाकी फरार दुर्गा शाही ललितपुरबाट पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ।

सीआईबीले काठमाडौं महानगरपालिका वडा नं.-१० घर भइ ललितपुर सानागाँउ बस्ने बस्ने ५१ बर्षिया दुर्गा शाही सापकोटालाई बुधबारबार सानागाउँबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी शाहीलाई उच्च अदालत पाटनको २०७७ मङ्सिर १६ गतेको फैसलाले ७ दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो।

सीआईबीका अनुसार शाहीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याई हिमालयन बैंकको चेक काटेर बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077