Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ब्राउन सुगरसहित दुई युवक पक्राउ

कैलाली । प्रहरीले कैलालीमा लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२, बैयाबेहडी बस्ने वर्ष २६ का सन्देश बोगटी, सोही उपमहानगरपालिका– १ बस्ने वर्ष ३० का विजय मगराती रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२, त्रिनगर भन्सार नजिकबाट सोमबार राति उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सन्देश बोगटीले चलाएको लु४५प २६५३ नम्बरको मोटरसाइकल रोकेर चेक गर्दा उनीहरुको साथमा ७ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला परेको थियो।

पक्राउ परेका दुवै जनालाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077