Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • करेन्ट लागेर महिलाको मृत्यु

    करेन्ट लागेर महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 3.1K
    SHARES

    पाल्पा । पाल्पामा माछा मार्न लगाइएको करेन्ट लागेर महिलाको मृत्यु भएको रहस्य बाहिर आएको छ ।

    पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ तासियलका बलबहादुर विकको श्रीमती ३२ वर्षीय सुमित्रा विकको माछा मार्न लगाइएको विद्युतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।



    घरबाट सर्दी खेतमा गएकी विकलाई खोलामा पस्दा स्थानीय युवाले माछा मार्न लगाएको करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत अवस्थामा रहेकी विकलाई उपचारका लागि युनाइटेड मिसन अस्पतालमा लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।



    सोही घटनामा सङ्लग्न रहेको भन्दै प्रहरीले छ जनालाई पकाउ गरेको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा–२ बस्ने हुमबहादुर घर्ती, हरिप्रसाद पाण्डेय, अलि बुढा, पदमबहादुर गाहा र धनबहादुर गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

    सूर्य गरजा र लालबहादुर बुढा भने फरार रहेका छन् । मङ्गलबार विकको मत्यृ भए पनि प्रहरीले दुईपछि बिहीबार मात्र घटनामा सङ्लग्नलाई पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार