Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोल्पामा जीप दुर्घटना: ३ जनाको मृत्यु, तीन घाइते

रोल्पा । रोल्पाको माडी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको यात्रुवहाक जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरुको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ।

यस्तै, दुर्घटनापश्चात घाइते भएका ३ जनालाई उपचारका लागि अस्पताल लगिएको छ। जिपमा ६ जना सवार रहेको प्रहरीले बताएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको रोल्पा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077