Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अवैध हतियार र गोलीसहित एकजना पक्राउ

बारा । बारामा अवैध हतियार र गोलीसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नं.५ बगडमपुरका मनोज प्रसाद जयसवाल रहेका छन्।

बारागढी गाउँपालिका खोपवा बजार स्थित झै–झगडा भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बारागढी बाराबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा रहेको प्रदेश नं.–३–०२–०१०प ७१२३ नं. को मोटरसाइकलमा शंकास्पद अवस्थामा बसिरहेका जससवाललाई चेकजाँच गरेको थियो।

चेकजाँच गर्दा उनकाके कम्मरको भागमा सर्जिकल कम्मरपेटीले बाँधी लुकाई राखेको अवस्थामा १ राउण्ड गोली लोड रहेको अवैध नलकटुवा बन्दुक थान–१ फेला परेको हो।

जयसवाललाई पक्राउ गरी हातहतियार खरखजाना मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान गरिहेको प्रहरीले जानकाकरी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077