Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

खैरो हेरोइनसहित नौजना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागुऔषध खैरो हेरोइनसहित नौ जनालाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको राप्ती नगरपालिका–१ का २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका–४ का २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका–१ का २२ वर्षीय विनोदनाथ योगी, काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४का ३२ वर्षीय गौतम केसी रहेका छन् ।

काठमाडौं बुढानीलकण्ठ बस्ने मोरङका २५ वर्षीय मिजम तामाङ, काभ्रेको धुलिखेलका शुसिल श्रेष्ठ, भोजपुरका मिडे शेर्पा, काठमाडौँ महानगरपालिका–१० शान्तिनगर बस्ने बर्दियाका दिपु भन्ने रणदिप थापा र सोही ठाउँका २६ वर्षीय शिरिष खत्री पनि पक्राउ परेका प्रहरी प्रधान कार्यालयले आज जनाएको छ ।

प्रहरीले थापाबाट १०० मिलिग्राम, शाहीबाट २८ ग्राम, केसीबाट ५०० मिलिग्राम, तामाङबाट ४ ग्राम ५०० मिलीग्राम, शेर्पाबाट २२ ग्राम खैरो हेरोइन, त्यसको मापन गर्ने तराजु र लाखौँ रुपैया समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077