Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिल्लीमा अफगानिस्ताबारे क्षेत्रीय सुरक्षा बैठक: समावेशी सरकार गठन गर्न तालिबानलाई आग्रह

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न अफगानिस्तानबारे क्षेत्रीय सुरक्षा बैठकले अफगानिस्तानमा समावेशी सरकार गठन गर्न तालिबानसँग आग्रह गरेको छ।

बुधबारदेखि सुरु भएको दुई दिने बैठकमा रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान र किर्गिस्तानलगायतका प्रमुखहरु सहभागी भएका थिए।

बैठकपछि अफगानिस्तानबारे घोषणापत्र जारी गर्दै सहभागी ती देशका प्रतिनिधिले सो आग्रह गरेका हुन् । सात देशका राष्ट्रिय सुरक्षा सल्लाहकार सहभागी बैठकले महिला, बालबालिका र अल्पसंख्यक समुदायको आधारभूत अधिकार सुनिश्चित गर्न पनि अफगान सरकारसँग आग्रह गरेको छ ।

तालिवानले अगस्टमा काबुल कब्जा गरेपछिको सुरक्षा अवस्थाबारे बैठकमा समीक्षा गरिएको थियो । सरकारमा राजनीतिक शक्तिसहित समाजका विभिन्न पक्षको सहभागीता हुनुपर्ने र यसले सम्पूर्ण अफगानीको प्रतिनिधित्व गर्ने दिल्ली घोषणापत्रमा उल्लेख छ ।

१५ अगस्टमा अफगानिस्तानको सत्तापलट गरेको तालिबानले त्यहाँको अल्पसंख्यक हजरा समुदायलाई सरकारमा सहभागी गराएको छैन् । त्यस्तै, मन्त्रिपरिषद्मा महिलाको उपस्थिति शून्य छ । तालिबानले महिला मन्त्रालय नै खारेज गरिदिएको छ ।

बैठकमा चीन र पाकिस्तान भने सहभागी भएका थिएनन्। भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बैठकको अध्यक्षता गरेका थिए।

 






प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077