Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमतीमा दुई मन्त्री थपिँदै, जम्मकट्टेल अर्थ र लामा स्वास्थ्यमन्त्री बन्ने

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

गत कात्तिक ११ गते मुख्यमन्त्रीको सपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको पाण्डेले थप दुई सदस्यीय मन्त्री थप्न लागेका हुन्।

स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाउन लागेका हुन्।

स्रोतका अनुसार जम्मकट्टेल आर्थिक मामिला तथा योजना मन्त्री र लामा स्वास्थ्यमन्त्री बन्दैछन्। उनीहरुको दिउँसो ५ बजेका लागि सपथ ग्रहणको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

यसअघि मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाल आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077