Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मेरो लागि ताइवानभन्दा भारत ‘बेस्ट’ : दलाई लामा

    मेरो लागि ताइवानभन्दा भारत ‘बेस्ट’ : दलाई लामा

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 3K
    SHARES

    फाइल फोटो

    एजेन्सी। तिब्बती आध्यात्मिक नेता दलाई लामाले चिनियाँ नेताहरूको आलोचना गर्दै ताइवानभन्दा भारत रोज्ने बताएका छन् ।

    ताइवान भ्रमणबाट फर्किएपछि बुधबार भारतीय सञ्चारमाध्यमसँग बोल्दै लामाले बस्नको लागि ताइवानभन्दा भारत रोज्ने बताए।



    पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चीन र ताइवानको अवस्था निकै नाजुक भएकाले बस्नको लागि म भारत नै रोज्छु ।’



    यस्तै, लामाले चिनियाँ नेताहरूले विविधतायुक्त संस्कृतिलाई नबुझ्ने भन्दै आलोचना गरे । चीनमा मुख्य जातीय समूह हानको नियन्त्रण अत्यधिक रहेको पनि उनको भनाइ थियो ।

    यसबाहेक, चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्ने कुनै योजना नभएको पनि उनले बताएका छन् ।

    साथै, अनलाइन पत्रकार सम्मेलनमा दलाई लामाले भारत सरकारप्रति आभार व्यक्त गरेका छन् ।

    उनले आफू र आफ्ना अनुयायीलाई शरण दिएका कारण भारत सरकारप्रति आभार व्यक्त गरेका हुन् । तिब्बतबाट निकाला गरिएका आध्यात्मिक नेता लामा सन् १९५९ देखि भारतको शरणमा बस्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार