Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जीप दुर्घटनाका घाइतेको हेलिकप्टरमाफर्त उद्धार

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा आज भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । बागलुङको तमानखोलादेखि म्याग्दीको दरबाङ जाँदै गरेको ध१च १९५ नम्बरको बोलेरो जिप ओखरबोटको घोरघोरे खोल्सामा दुर्घटना हुँदा चार जना घाइते भएका थिए ।

दुर्घटनाका घाइते तमानखोला गाउँपालिका–४ का ७२ वर्षीय पोपसरा बुढामगर, १३ वर्षीया हेलिस बुढामगर, ३० वर्षीय मिलन बुढामगर र ४२ वर्षीय टकसरा बुढामगरलाई प्रभु एयरको हेलिकोप्टरबाट काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।

प्रहरी निरीक्षक सन्तोष पौडेलले ब्रेक फेल भएर दुर्घटना भएको बताए । उनका अनुसार ब्रेक फेल भएपछि चालकले गाडीलाई सडकको कुनातर्फ ठोक्काएका थिए । तीन जना घाइतेको स्वास्थ्य अवस्था सामान्य छ ।

ढाड र टाउकोमा चोट लागेर घाइते भएका १३ वर्षीय हेलिस पनि खतरामुक्त रहेका प्रहरी निरीक्षक पौडेलले बताए । घाइते सबै एउटै परिवारका हुन् । इलाका प्रहरी कार्यालय दरबाङका सुरक्षाकर्मी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । घाइतेका आफन्तले हेलिकोप्टर मगाएर काठमाडौँ गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077