Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकै दिन सुरेन्द्र पाण्डेले भने– अध्यक्षमा ओली निर्विकल्प

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको १०औं महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। त्यसैले पनि केन्द्रदेखि स्थानियतहसम्मका नेतादेखि कार्यकर्ताहरुलाई महाधिवेशनले छोइसकेको छ ।

महाधिवेशन नजिकिंदै गर्दा शिर्ष नेताहरुले विभिन्न पदको आकांक्षी भएको भन्दै उम्मेदारी घोषणा गर्ने बताउँदै आएका छन् । तर, एमाले उपाध्यक्ष भीम रावलले भने उम्मेदवारी नै घोषणा गरिसकेका छन् ।

उपाध्यक्ष रावलले १०औं महाधिवेशनमा आफूले अध्यक्षमा आफ्नो उम्मेद‍्वारी दिने घोषणा आज गरेका हुन् । मंगलबार आफ्नो गृहजिल्लामा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गरेका हुन् ।

उनले आफू कार्यकर्ताको भावना अनुसार पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको बताए । कार्यक्रममा रावलले भने–‘मैले कार्यकर्तालाई आफू कुन पदमा उठ्दा उपयुक्त होला भनेर सोधेको थिए । उहाँहरूले अध्यक्ष पदमा लड्न आग्रह गरिरहनु भएको छ। ‘

यता, १०औं महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजकसमेत रहेका सुरेन्द्र पाण्डे भने केपी ओली सर्वसम्मत अध्यक्ष बन्ने सम्भावना रहेको बताउँछन् ।

आजै उनले एक अनलाइनसँग अन्तर्वार्ता दिंदै उनले केपी ओली निर्विकल्प भएको बताएका हुन् । दशौं महाधिवेशनमा केपी ओली निर्विकल्प हो, त्यसपछि मात्रै हामी भन्ने हौं भनेर बुझे हुन्छ ? भन्ने प्रश्नमा उनले हाँस्दै भने–‘नढाँटीभन्दा हामी यस्तो परिस्थितिमा छौं । नयाँले दावी गर्दा दावी त होला, तर सबैलाई समेटेर लैजाने व्यक्तित्व पनि चाहियो । त्यो हिसाबले सम्भावना त्यो (केपी ओली निर्विकल्प) देख्छु ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077