तनहुँ । तनहुँ प्रहरीले जुवा–कौडा खेलिरहेका २९ जनालाई प्रक्राउ गरेको छ। उनीहरुलाई मंगलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका ८ ढोरफिर्दी लालीमका बिलबहादुर गुरुङको घरमाबाट पक्राउ गरिएको हो।
ठुलो धनराशीमा कौडा खेल भरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएका छन्। पक्राउ पर्नेमा घर धनिी बिलबहादुर गुरुङ,भानुभक्त पराजुली, सुरज, रामजाली, निर पुन, रुपेश गुरुङ, प्रकाश गुरुङ, अन्जन गुरुङ, नारायण सिंह थापा, बिकी गुरुङ,दिल चन्द्र पुन, जित बहादुर सुनार, चुडामणी पौडेल,मोहित जुहारचन र रमेश भट्टराई रहेका छन्।
त्यस्तै राजु पुन, गोविन्द बिक,पदम बहादुर गुरुङ, भरत गुरुङ, राजु मगर, मुमलाल बिक, रोशन भट्टराई, कृष्ण भट्टराई, दिपक सुनार, प्रकाश भट्टराई, बिष्णु विश्वकर्मा ,मान बहादुर परियार, श्याम गुरुङ, सोम प्रसाद पौडेल र मणिरत्न पौडेल गरी २९ जना पक्राउ परेका छन् ।