Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज प्रवेश अनुमति दिन मोदीलाई देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्कटल्याण्डको ग्लास्गोमा गएका बेला साइडलाइन वार्ताका रुपमा दुई देशका कार्यकारी प्रमुखबीच छलफल भएको हो।

प्रधानमन्त्री देउवाले भारतीय समकक्षीलाई नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज प्रवेश विन्दुलाई अनुमति दिन र रासायनिक मलको सहज आपूर्ति गर्न आग्रह गरेको बताइएको छ। देउवाको आग्रहमा मोदी सकरात्मक देखिएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री मोदीले नेपालको आवश्यकता र खाँचोलाई सकारात्मक रुपमा लिने बचन दिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री देउवाको आग्रहमा मोदीले सम्भव भएसम्मका सबै सहयोग गर्न भारत तयार रहेको बताएका छन्।

प्रधानमन्त्री देउवाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण, पूर्वाधार पुनर्निर्माण लगायतका क्षेत्रमा भारतले गरेको सहयोगलाई निरन्तरता दिन पनि आग्रह गरेका थिए।

भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरी नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा समकक्षी देउवासँग कुराकानी भएको जानकारी दिएका छन्। मोदीले मुख्यगरी विश्वको महामारी र दिगो विकासलाई अगाडि बढाउने विषयमा छलफल केन्द्रीत भएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077