Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्कियो, उडान स्थगित

काठमाडौं । मंगलबार साँझमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा फ्लाई दुबईको विमानमा चरा ठोक्किएको छ ।

विमानस्थल स्रोतका अनुसार जहाजको बायाँ पङ्खामा चरा ठोक्किएको हो।

तर, दुर्घटनामा मानवीय क्षती भने भएको छैन। उडान नम्बर एफजेड–५७४ को विमान ७ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुने क्रममा चरा ठोक्किएको थियो।

विमान दुर्घटनामा परेसँगै ८ बजेर १० मिनेटमा दुबई फर्कनु पर्ने सो जहाजको उडान स्थगित गरिएको छ।

दुबई जानका लागी विमानस्थल पुगेका १ सय ७९ जना यात्रुलाई होटल सोल्टी र स्पोर्टस् होटलमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077