Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवा र मोदीबीच ग्लास्गोमा भेटवार्ता, के–के भए कुराकानी ?

काठमाडौं । कोप–२६ मा भाग लिन स्कटल्यान्डको ग्लास्गोमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेपछि पहिलो पटक मोदीसँग विदेशमाम भेटवार्ता गरेका हुन् । सो क्रममा दुबै देशका प्रधानमन्त्रीले घनिष्ठ द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने उपायबारे छलफल गरेका थिए।

जुन कुरा भारतीय प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत जानकारी दिएका छन् । भेटवार्तामा जलवायु परिवर्तनको असर र कोभिड–१९ बारे पनि छलफल भएको थियो ।

प्रधानमन्त्रीद्वयले कोभिड–१९ को महामारीकाविरुद्ध मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कोप–२६ मा भारतीय प्रधानमन्त्री मोदीले भारत जस्ता विकासोन्मुख देशका लागि जलवायु परिवर्तन ठूलो चुनौती भएको बताएका थिए ।

यसअघि देउवा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बोलाएको ब्रेकफास्ट बैठकमा सहभागी भएका थिए । त्यसक्रममा देउवाले नेपालले वन क्षेत्र बढाएर ४५ प्रतिशत पुर्‍याउने योजना रहेको बताएका थिए ।

प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति गोटाभाया राजापाक्षसंग पनि भेट गर्दैछन् । देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनका जलवायु विज्ञ जोन केरीलगायतसँग पनि भेट्ने तालिका छ ।

 

https://twitter.com/MEAIndia/status/1455478381131100161?t=jZukGd-mPeRaygYxTyGh9Q&s=08&fbclid=IwAR2xwNlKcVBonzfbPbZCDAV7aH_keNeVg6_LL5yn5Wzj4eWoEz8AGLyAqXc

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077