Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पर्सामा ट्युशन पढ्न हिँडेकी १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

पर्सा । पर्सामा प्रहरीले किशोरीको बलात्कार गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही ठाउँ बस्ने २५ वर्षीय अनिल महतो कोइरी रहेका छन्।

पर्सा प्रहरीले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बिहीबार साँझ उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार ती किशोरी ट्युसन पढ्न जाने क्रममा कात्तिक ९ गते बिहान उनीहरुले बाटो ढुकी जबरजस्ती तानेर फोटो स्टुडियोभित्र लगी बलात्कार गरेका थिए।

उनीहरु उपर जबरजस्ती करणी उद्योग कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077