Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सटरको ताला काटी सोरुमबाट मोटरसाइकल चोरी गर्ने चारजना पक्राउ

कञ्चनपुर । बेलौरी नगरपालिका–४ बेलौरी बजारको केएम इन्टरप्राइजेज बजाज सोरुमबाट सटरको ताला काटी सिसाको ढोका तोडेर मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका वर्ष २० का विवेक बम, वर्ष १८ का किरन नाथ, सोही नगरपालिकाको वडा नं १२ कालागौंडीका वर्ष १९ का ठग्गी रानालाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरिएको छ ।

यसैगरी सोही चोरीमा संलग्न अर्का पक्राउ पर्नेमा शुक्लाफाँटा–१ वन्साहा बस्ने वर्ष १९ का पारस विष्ट रहेका छन् । पक्राउ परेका चारै जनाको साथबाट प्रहरीले चोरी गरिएका तीन पल्सर मोटरसाइकल बरामद गरेको छ ।

यही कात्तिक ७ गते राति चारै जनाले सोरुमको सिसीटिभीको तार काटेर सटर तोडी मोटरसाइल चोरी गरेका थिए ।

“चोरी भएका मोटरसाइकल तीन दिनको अवधिमै बरामद गरेका छौँ”, प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, “चोरी गर्नेहरुलाई समेत खटिएको अनुसन्धान टोलीले पक्राउ गरेको छ ।”

उनका अनुसार पक्राउ परेकामाथि कानुनबमोजिम कारबाही भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077