Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

फेरि सर्‍यो कांग्रेस महाधिवेशन मिति : यस्तो छ नयाँ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति फेरि सारिएको छ। अब महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ।

यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो। तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो।

निर्वाचन समितिले जिल्लाहरुलाई विभिन्न समूहमा विभाजन गरी अधिवेशनको छुट्टाछुट्टै मिति तोकेको छ। सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सामा गाउँ–नगरको वडा अधिवेशन कात्तिक २७ गते हुनेछन्।

त्यसपछि गाउँ–नगर अधिवेशन कात्तिक ३० मा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन मंसिर ३ गते र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन मंसिर ६ गते हुनेछ।

एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन भने मंसिर १० गते हुनेछ। कांग्रेसमा प्रदेश समितिको अधिवेशन मंसिर १६ र १७ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077