Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

घरको एक कोठा भाडामा लिएर लाखौं जाली नोटको छपाई, विभिन्न उपकरणसहित यसरी पक्राउ परे महतो

महोत्तरी । प्रहरीले नक्कली जालीनोटको छपाई गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको गौशला नगरपालिका ९ घर भएका ४४ वर्षीय सुकन महतो रहेका छन्।

महतोले गौशाला ५ स्थित गौशाला बजारमा रहेको महाविर दासको घरको एक कोठा भाडामा लिएर जालीनोट बनाउने गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिएका छन्।

एसपी आचार्यका अनुसार महतोले जालीनोट बनाउन प्रयोग हुने उपकरण सहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोली उनको डेरामा पुगेको थियो।

प्रहरी टोलीले उक्त कोठामा खानतलासी गर्दा नेपाली तयारी तथा कटिङ नगरेको विभिन्न दरको नक्कलीनोट रु. ८,८२,४२० र भारतीय विभिन्न दरको कटीङ गरिएको र नगरिएको नक्कली नोट भा.रु. २,७७,९७० समेत विभिन्न उपकरणहरु समेत फेला पारेको एपसी आचार्यले अनलाइन नेपाललाई जानकारी दिए।

‘विशेष सूचनाको आधारमा खटिएको प्रहरीले टोलीले महतोलाई जालीनोट र विभिन्न उपकरणसहित पक्राउ गरेको छ,’ एसपी आर्चायले भने, ‘अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ भने आवश्यक कारबाही अघि बढाइएको छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077