Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवेकशीलमा अध्यक्ष र संयोजकबीच विवाद, मिश्रले पार्टी फुटाएको पाण्डेको आरोप

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकबीच विवाद सुरु भएको छ ।

अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्ताबेज ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ लाई केन्द्रीय कमिटी बैठकको दुई तिहाइले पारित भएपछि संयोजन मिलन पाण्डेकाबीच विवाद सुरु भएको हो ।

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष मिश्रले हालै सार्वजनिक गरेको दस्तावेज ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णयलाई दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ ।

साथै, स्थानीय तहलाई पुनःर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्तावेजलाई दुई तिहाइभन्दा बढी मतले पारित गरेको हो।

केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ भने पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको निष्कर्ष निकालेको छ ।

यसअघि अध्यक्ष मिश्रलाई सेरेमोनियल र संयोजक मिश्रलाई कार्यकारी अधिकार दिइएको थियो । तर, बिहीबारको बैठकले पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको निष्कर्ष निकाल्दै पाण्डेको अधिकार कटौती गरिएको हो ।

पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने तथा राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रमकरूपमा अघि बढ्ने निर्णय पनि गरेको पनि विज्ञप्तिमा बताइएको छ ।

उता, पाण्डे समूहले भने मिश्रले पार्टी फुटाएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077