Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

'काग कराउँदै गर्छ पिना सुक्दै गर्छ' भन्दै प्रधानन्यायाधीशले तोके आफ्नो एकल इजलासमा २८ मुद्दा

काठमाडाैं । चौतर्फी विवादमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा बिहीबारको पेसी तोकेका छन् । बिहीबारका लागि प्रधानन्यायाधीश जबराले आफू मात्रै रहने एकल इजलासमा २८ वटा मुद्दाको पेसी तोकेका छन् ।

बिहीबार प्रधानन्यायाधीश जबराले प्रसिद्ध समृद्ध इन्भेष्टमेन्ट एण्ड बिल्डर्स प्रालि, टासी सान्डुप गुरुङ र सान्डुप घले भन्ने सान्डुप गुरुङको लागु औषधसम्बन्धी मुद्दा, शेख सम्सुर एलोनको लागूऔषध मुद्दा तथा उत्प्रेषणसहितको माग गरिएको अन्य मुद्दाहरु रहेका छन् ।

सर्वोच्चका अन्य न्यायाधीशहरुले इजलास बहिष्कार गरेर पेसीको भद्र अवज्ञा गरिरहदाँ बुधबार ५ वटा मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबरा भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाई गरिरहेका हुन् । उनको यस कार्यले 'काग कराउँदै गर्छ पिना सुक्दै गर्छ' भन्ने नेपाली उखान चरितार्थ भएको बुझिन्छ।

पछिल्लो समय सर्वोच्चका १५ न्यायाधीशहरु जबराको राजिनामा माग गर्दै आएका छन् । उनीहरुले प्रधानन्यायाधीशले राजिनामा नदिएसम्म सर्वोच्च अदालतमा बहस नगर्ने यदी त्यसो गर्दा पनि नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

तर, प्रधानन्यायाधीश जबराले भने आफूले पदबाट राजिनामा नदिने अडान व्यक्त गर्दै आएका छन्। उनीबिरुद्ध मन्त्रिपरिषद्‍मा भाग खोजेको, संवैधानिक परिषद्मा भएका नियुक्तिमा भाग खोजेको, आफूविरुद्धको मुद्दाको सुनुवाइ गर्ने इजलासको नेतृत्व आफैले गर्न खोजेको, न्यायालयको स्वच्छता कायम गर्न नसकेकोलगायतका आरोप लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077