Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुँदैछ। उनीहरुबीच अर्को साता स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता हुने भएको हो।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा देउवाले मोदीसँग भेट गर्न लागेका हुन्।

नेपालको तर्फबाट वार्ताका लागि आग्रह गरिएको र भारतले त्यसलाई स्वीकार गरेपछि देउवा मोदीको भेट हुने पक्का भएको बताइएको छ। कोप–२६ यही कात्तिक १२–२६ मा हुँदै छ। प्रधानमन्त्री देउवा भने १३ गते गएर १७ गते फर्कने छन्।

देउवा र मोदीबीच पछिल्लोपटक २०७४ को भदौमा भेट भएको थियो। चौथो पटक प्रधानमन्त्री भएपछि देउवा भारत भ्रमणमा गएका बेला वार्ता भएयता उनीहरुको भेट भएको छैन। पछिल्लोपटक प्रधानमन्त्री भएर संसदबाट विश्वासको मत पाएपछि मोदीले देउवालाई फोनमार्फत बधाई दिएका थिए।

देउवाले ग्लास्गोमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग भेट्ने कार्यक्रम छ। उनले मोदी र जोन्सनसँग कात्तिक १५ वा १६ गते भेट्ने कार्यक्रम तय भएको छ।

मोदीसँगको भेटमा देउवाले दुईबीचको सम्बन्धसँगै भारत र मोदीसँगको आफ्नो सम्बन्ध सुधारकाक लागि प्रयास गर्नेछन्। पछिल्लो समय कांग्रेस र भारतबीत त्यति राम्रो सम्बन्ध नभएको र त्यसलाई सुधार गर्न नेताहरु लागिपरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077