Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रहरीको बर्दी लगाएर व्यापारी लुट्ने युवक प्रहरीकै फन्दामा, ३ जना फरार

सल्यान – प्रहरीले सल्यानमा लुटपाटमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ परेको छ। पक्राउ पर्नेमा पक्राउ पर्नेमा रोल्पा सुनछहरी गाउँपालिका –७ का ३० वर्षीय तिलक वि.क.रहेका छन्।

विकसहित ४ जनाले प्रहरीको बर्दी लगाएर व्यापारीलाई लुटेका थिए। उनीहरुले कपुरकोट गाउँपालिका १ कालापातल जङ्गलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बर्दी लगाई सोमबार व्यापारीलाई लुटपाट गरेका थिए।

विकलाई सल्यान जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको बताइएको छ।

उनीहरूले कालापातलको जङ्गलमा गाडी रोकी कपुरकोटमा तरकारी किन्न आएका सेराज हलुवाईको तीन लाख लुटपाट गरेका थिए।

पक्राउ परेका विकले नेपाल प्रहरीको बर्दी लगाएका थिए। उक्त बर्दी जनयुद्धको समयको हो। घटनाबारे गप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077