Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • भारतलाई नमिठो हार चखाएको पाकिस्तानले न्युजिल्याण्डलाई पनि हरायो

    भारतलाई नमिठो हार चखाएको पाकिस्तानले न्युजिल्याण्डलाई पनि हरायो

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । आइसिसि टी–२० विश्वकपको खेलमा पाकिस्तानले न्युजिल्यान्डविरुद्ध जित निकालेको छ। मंगलबर भएको सुपर १२ अन्तर्गतको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हराएको हो।

    न्युजिल्याण्डले दिएको १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८. ४ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३४ बलमा ५ चौका सहित सर्वाधिक ३३ रनको योगदान दिए। आसिफ अली १२ बलमा १ चौका र ३ छक्का सहित २७ रन बनाए। ्



    शोएब मलिकले २० बलमा २६ रन, कप्तान बाबर आजम ९, फखार जमान इमाद वासिम र मोहम्मद हफिज ११–११ रन बनाए। न्युजिल्यान्डका स्पिनर ईश सोधीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए। मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले १–१ विकेट लिए।



    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो। न्युजिल्यान्डका डेभन कन्वेले २४ बलमा ३ चौका सहित सर्वाधिक २७ रन बनाए।

    मार्टिन गुप्टिलले १७ रन जोडे। त्यस्तै ड्र्याल मिचेलले २७ रन बनाउँदा केन विलियमसनले २५ रनको योगदान दिए।
    पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, स्पिनर इमाद वामिस र मोहम्मद हफिजले १–१ विकेट लिए।

    पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको थियो। सुपर १२ को समूह बी मा पाकिस्तान २ खेलमा जित निकाल्दै शीर्षस्थानमा छ। अफगानिस्तान १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार