Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्ष नियुक्तसँगै यी हुन मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं । नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत पनि गरेको छ। त्यस्तै सरकारले बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यदल बनाएको छ।

बैठकले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धान बालीमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो।

त्यसैगरी, बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने पनि निर्णय गरेको छ। त्यसैगरी नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गरिएको छ।

सरकारले कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय भएको पनि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077