Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पाँचथर बस दुर्घटना : सेनाको हेलिकप्टरमाफर्त घाइतेको उद्धार

    पाँचथर बस दुर्घटना : सेनाको हेलिकप्टरमाफर्त घाइतेको उद्धार

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.6K
    SHARES

    पाँचथर । पाँचथर बस दुर्घटनाका १६ घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गम्भीर घाइतेलाई सेनाको हेलिकप्टरमा आज साँझ उद्धार गरिएको हो ।

    सोह्रै जनालाई थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए । नेपाली सेनाको एम–१७ हेलिकप्टरले १६ बिरामी र तिनका तीन कुरुवालाई फिदिमबाट धरान पु¥याएको हो ।



    घाइतेलाई अन्यत्र लैजान एम्बुलेन्स अभाव भएपछि उनीहरुको हेलिकप्टरमा उद्धार गरिएको हो ।



    फिदिम नगरपालिका–४ शिवादोभानबाट झापातर्फ जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्न अस्पताल पु¥याइएको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

    फिदिमस्थित समर्पित अस्पतालमा नौ तथा पाथीभरा अस्पतालमा आठ जनाको उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार