Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • पाकिस्तानविरुद्ध कहाँ चुक्यो भारत ? यस्ता छन् लज्जास्पद हारका कारणहरु

    पाकिस्तानविरुद्ध कहाँ चुक्यो भारत ? यस्ता छन् लज्जास्पद हारका कारणहरु

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 2K
    SHARES

    एजेन्सी – टी–२० विश्वकप क्रिकेटमा भारत पहिलोपटक पाकिस्तानसँग पराजित भयो। आइतबार राति भएको भारत १ण् विकेटले पराजित भएको हो।
    पहिले ब्याटिङ गर्दै भारतले दिएको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले बिना कुनै क्षति १३ बल अगावै भेट्टायो।

    पाकिस्तानविरुद्धको लज्जास्पद हार बेहोरेको भारत कहाँ चुक्यो ?



    टस हार्नु



    भारतीय टिमले टस हार्नुलाई खेल हार्नुको प्रमुख कारण मानेको छ। पछिल्ला ८ खेलको रिकर्ड हेर्ने हो भने २०१८ पछि टी–२० मा भारत ती सबै खेलमा पराजित भएको छ जसमा पहिले ब्याटिङ गर्दै १ सय ६० भन्दा कम रन बनाएको छ।

    ओपनर फ्लप

    भारतले हारको अर्को कारकका रुपमा कमजोर ओपनिङलाई लिएको छ। टिमले ओपनिङमा सबैभन्दा बढी भरोसा गरेको थियो। तर ठूलो खेलमा रोहित शर्मा र केएल राहल पूर्णरुपमा फ्लप भए। शर्मा पहिलो बलमै आउट भए भने राहुल ३ रनमा पवेलियन फर्किए। यसबाट भारतको ब्याटिङलाइन शुरुवातमै धरमरायो।

    डट बलले दबाब

    ओपनिङ फेल भएसँगै भारतीय टिमको मिडल अर्डर पनि खासै बलियो देखिएन। कप्तान कोहली र रिसभ पन्तबाहेक अन्य खेलाडीले क्रिजमा जम्न सकेनन्। डटबलले पनि भारतीय टिमलाई निकै दबाब दिएको थियो। खेलमा भारतले कुल ४६ डट बल खेलेको थियो।

    पाकिस्तानका बलर शाहीन अफ्रिदीविरुद्ध खेल्न नसक्नु

    पाकिस्तानका तीव्र गतिका बलर शाहीन अफ्रिदीले भारतविरुद्ध आक्रामक बलिङ गरे। उनले भारतीय टिमलाई ओपनिङमै ठूलो झट्का दिए। ४ ओभरमा ३१ रन दिँदै शाहीनले ३ विकेट लिए। रोहित र केएलको विकेट उनैले लिएका थिए।

    बलिङमा पनि फ्लप

    मध्यम लक्ष्य दिएपछि भारतले खेलमा बलिङमार्फत पुनरागमन गर्न सक्थ्यो। तर पाकिस्तानी ओपनरविरुद्ध भारतीय बलर निरीहजस्तै बने। मिस्ट्रि बलरका रुपमा परिचित बरुण चक्रवर्तीले त्यहाँ जादु देखाउन सकेनन्।

    त्यस्तै रविन्द्र जडेजाले पनि विकेट लिन सकेनन्। पाकिस्तानको ओपनरहरु बाब। आजम र मोहम्मद रिजवानको पार्टनरसीपलाई तोड्न नसक्नु भारतका लागि महँगो साबित भयो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार