Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

घरको ताला फोडेर नगद र गहना चोरी गर्ने युवक पक्राउ

पोखरा – प्रहरीले घरको ताला फोडेर नगद र गरगहना लुट्ने एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका ३ बट्टार स्थायी घर भई पोखरा, बुद्दचोक बस्ने २० वर्षीय विशाल तामाङ रहेका छन्।

तामाङले नगद, मोबाइल र गहना चोरी गरेको आरोप लागेको छ। बुधबार राती पौने ११ बजेको समयमा पोखरा, बुद्दचोकस्थित बृटिश एकिकृत वेल्फेयर सेन्टरको ताला फोडेर १८ हजारसहित सामसुङ मोवाइल १ थान र चाँदीका सिक्री २ थान सहित तामाङलाई पक्राउ गरिएको हो।

चोरीका सामानसहित रंगेहात पक्राउ परेका तामाङविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077