Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशसभा बैठक तीन बजे बस्ने

हेटौंडा । बागमती प्रदेशसभाको बैठक अपराह्न ३ वजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठक विशेष कारण जनाउँदै सारिएको सचिवालयले जनाएको छ ।

नेकपा (एमाले)ले पार्टीको स्थानीय अधिवेशन भएको कारण प्रदेशसभा बैठक यही कात्तिक ११ गतेसम्मको लागि सारिदिन लिखित प्रस्ताव गरेको जनाइएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने बैठकको कार्यसूचीे छ ।

सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077