Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोनल्ड ट्रम्पले गरे नयाँ सामाजिक सञ्जाल 'ट्रूथ सोशल'को घोषणा

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल 'ट्रूथ सोशल' सार्वजनिक गर्ने योजना घोषणा गरेका छन्। ट्रम्पले उक्त सामाजिक सञ्जाल 'ठूलो प्रविधि कम्पनीको अत्याचारविरुद्ध उभिने' बताउँदै तिनले अमेरिकाका "विद्रोही आवाज"लाई स्थान नदिएको बताएका छन्।

उनले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रूप टीएमटीजीले भिडिओ स्ट्रीमिङ सेवा पनि सुरु गर्ने बताएको छ। ट्रम्पका समर्थकहरूको भिड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि उनलाई ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालहरूबाट निलम्बित गरिएको थियो।

त्यसयता उनी र उनका सल्लाहकारहरूले वैकल्पिक सामाजिक सञ्जाल सुरु गर्ने सङ्केत गरिरहेका छन्। यो वर्षको सुरुमा ट्रम्पले फ्रम द डेस्क अफ डोनल्ड जे ट्रम्प नामको साइट सुरु गरेका थिए जसलाई उनको ब्लग भन्ने गरिएको थियो। तर सो साइट एक महिनापछि नै स्थायी रूपमा बन्द गरियो।

उनका तात्कालिक प्रमुख सहायक जेसन मिलरले त्यसलाई "उनीहरूले काम गरिरहेको ठूलो प्रयासको एउटा सहयोगी अंश" मात्रै भएको बताएका थिए। टीएमटीजीका अनुसार ट्रूथ सोशलको आगामी महिना केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ अनि त्यसपछि सन् २०२२ को पहिलो तीन महिनामा अमेरिकामा उपलब्ध हुनेछ।

ट्रम्पले लेखेका छन्, 'हामी यस्तो संसारमा बाँचिरहेका छौँ जहाँ तालिबानको ट्विटरमा ठूलो उपस्थिति छ तर तपाईँको मन पर्ने अमेरिकी राष्ट्रपतिलाई चुप लगाइएको छ।'

'सबैले मलाई सोध्छन् किन कोही ठूलो प्रविधि कम्पनीविरुद्ध उठ्दैनन्? हामी चाँडै नै आउनेछौँ !'टीएमटीजीले भिडिओ सेवामा समाचार, पडकास्ट र अन्य सुविधा उपलब्ध हुनेछ।

ट्रम्पको घोषणा उनको पूर्वसहयोगी जेसन मिलरले गेटर नामक अर्को सामाजिक सञ्जाल कम्पनी सुरु गरेको महिनापछि आएको हो। (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077