Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम श्रेष्ठले लगाए उपरथीको फुली, मध्यकमाण्डको जिम्मेवारी पाए

काठमाडौं। नेपाली सेनाको उपरथीमा बढुवा भएका बाबुराम श्रेष्ठले  दज्र्यानी चिन्ह लगाएका छन् ।  बुधवार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय भद्रकालीमा श्रेष्ठलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । श्रेष्ठ २०४४ मंसिर ९ गते नेपाली सेनामा सैनिक क्याडेटका रुपमा भर्ना भएका थिए । पाकिस्तानबाट एनडीसी गरेका उनि २६ बेसिकका अधिकृत हुन ।

श्रेष्ठ २७ नम्बर बाहिनीको बाहिनीपति हुंदा भर्ना छनौटको विषयलाई लिएर तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले उनीमाथी पुर्वाग्रह राखेर कारवाही गरेका थिए ।  उनी त्यसपछि उनी दुई तारे हुनबाट बन्चित भएका थिए । तर, हालका प्रधानसेनापति शर्मा आएलगत्तै उनको बढुवा प्रक्रिया अघि बढाएका थिए ।

उपरथीमा बढुवासंगै श्रेष्ठ  तीन तारे जर्नेल हुने सम्भावना रहेको सैनिक स्रोतको भनाइ छ ।

श्रेष्ठलाई मध्य कमाण्ड पोखराको सेनापतिको जिम्मेवारी दिएको छ । पोखरामा उनकै ब्याचका उपरथी विनयविक्रम राणा कमाण्डर थिए । राणाको सरुवा भने राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077