Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नुवाकोटबाट काठमाडौं आउंदै गरेको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते

काठमाडौं। काउलेबाट काठमाडौंतर्फ आउंदै गरेको बा४ख ५७६२ नम्बरको बस  दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

दुर्घटना नुवाकोटको किस्पाङ ५, माने गाउँमा भएको हो।  घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटना लगत्तै घाइतेहरुको उद्धार गरी त्रिशूली अस्पतालमा उपचारका लागि पठाइएको  छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077