Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्याराग्लाइडिङ सप्तकोसी नदी किनारामा खस्दा वडाध्यक्ष गम्भीर घाइते

सुनसरी — प्याराग्लाइडिङ दुर्घटनामा परी सुनसरीमा वडाध्यक्ष गम्भीर घाइते भएका छन्। धरान उपमहानगगरपालिका–४ छोटी मोरङबाट उडेको प्याराग्लाडिङ सप्तकोसी नदी किनारामा खस्दा वडाध्यक्षसमेत रहेका चालक रोशन अधिकारी गम्भीर घाइते भएको बताइएको छ।

प्याराग्लाइडिङ उडाउँदै धरान–१४ स्थित विजयपुरको मैदानमा अवतरण हुनुपर्ने थियो। तर खराब मौसमका कारण करिब २५ किलोमिटर पश्चिममा पर्ने उदयपुरको बेलाका नगरपालिका क्षेत्रको लाहुरे खोच नजिकै कोसी नदीको किनारमा दुर्घटनाग्रस्त भएको थियो। ४८ वर्षीय अधिकारी धरान–१ का वडाध्यक्ष हुन्।

उनको स्काई एडभेञ्चर प्याराग्लाइडिङ प्रालिले छोटीमोरङबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान गर्दै आएको छ। घाइते वडाध्यक्ष अधिकारीलाई बेलकाबाट उद्धार गरेर प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरेको जानकारी दिएको छ। उनको कम्मरमा गम्भीर चोट लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077