Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोड काट्न नसक्दा टाटासुमो लामाबगरमा खस्यो, २ को मृत्यु

हेटौंडा । काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको टाटासुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

काठमाडौंबाट वीरगन्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो ईन्द्रसरोवर गाउँपालिका–२ लामाबगर कुलेखानीमा दुर्घटना भएको थियो ।

तीव्र गतिमा आएको सुमो मोड काट्ने क्रममा सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

शनिबार बेलुका भएको दुर्घटनामा परी काठमाडौं महानगरपालिका—१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया—७ का ४५ वर्षीय राम सहनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते चार जनाको उपचार स्टार अस्पताल काठमाडौं र अन्य ४ जनाको हेटौंडा अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077