Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्घटनामा भारतीय नागरिकसहित ६ जनाको मृत्यु

बारा। गएराति बाराको जितपुरमा  ट्यांकरको ठक्करबाट कारमा सवार तीन जनाको मृत्यु भएको छ ।

कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको अस्पताल लैजाने क्रममा उपचारका क्रममा मृत्‍यु भएको छ । कार सवार दुई जनाको भने विरगञ्जस्थित वयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये कारमा सवार अन्दाजी २५ वर्षीय सरज प्रसाद र २७ वर्षीय कृत सिंहको उमेर र नाम मात्र खुलेको छ । पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ख ७५९४ नम्बरको ट्याङ्करले विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई गएराती पौने ११ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्याङ्कर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।

यसैबीच बाराको निजगढ नगरपालिका ११ मा शुक्रबार साँझ मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ ।  साँझ ६ बजे तीन जना सवार रहेको प्रदेश २–०३–०१४ प ४५५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक किनारमा रहेको रुखमा ठोकिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका २७ का २४ वर्षीय सोवितलाल यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलमा पछाडी सवार दुई जनाको उपचार भने निजगढ स्थित नेशनल मेडिकल कलेजमा भइरहेको छ ।

यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ वनढाटमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार स्थानीय २२ वर्षीय प्रकाश दियाली र २२ वर्षकै सुशान्त दियालीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077